काठमाडौं । पाकिस्तान जिम्बाबेको बीचमा भएको दोश्रो वान डे इन्टरनेशनल (ओडीआई) म्याचमा अम्पायरिङ गरेसँगै अलीम डारले इतिहास रचेका छन् ।
उनी ओडीआई मा सबैभन्दा धेरै म्याचमा अम्यपायरिङ गर्ने अम्पायर बनेका छन् । डारले अहिलेसम्म २१० म्याचमा अम्पायरिङ गरेका छन् ।
त्यस्तै दक्षिण अफ्रिकाका रुडी कर्टजनले २०९ म्याचमा अम्पायरिङ गरेका छन् । पाकिस्तान र जिम्बाबेको बीचमा दोश्रो वान डे आज रावलीपिण्डीमा भईरहेको छ ।
डार र कर्टजनपछि बिली बोडेनले २०० म्याचमा अम्पायरिङ गरेका छन् । यसका साथै उनी तेश्रो नम्बरमा परेका छन् ।
स्टीव बकनर (१८१) चौथो र ड्यारेल हार्पर-साइमन टफेल (१७४) संयुक्त रुपमा पाचौँ नम्बरमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया