काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट थप २३ जनाको मृत्य भएको छ ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतक संख्या बढिरहेको छ ।
त्यस्तै शनिवार नेपालमा १७ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ६२० रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको छ । यो कुल संक्रमितको ७६।७ प्रतिशत हो ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ३८६ रहेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।
हालसम्म १४ लाख ५६ हजार ३६६ वटा पीसीआर नमुना परीक्षण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया