अर्मेनिया-अजरबैजान बीच नयाँ सम्झौता : अब मानवबस्ती भएको क्षेत्रमा आक्रमण गर्न नपाइने

काठमाडौं । अर्मेनिया र अजरबैजानका विदेश मन्त्रीहरुको बीचमा एक नयाँ सम्झौता भएको छ ।

दुबै देशकोबीचमा अन्तर्राष्ट्रिय कानूनका अनुसार नागरिकहरु रहेको ठाउँमा आक्रमण गर्न नपाइने भएको हो ।

जेनेभामा जारी एक साझा बयानका अनुसार अर्मेनियाली विदेश मन्त्री जोहराब मनत्सक्यानयन र अजरबैजानका विदेश मन्त्री जेहुन बेरामोवले एक साझा बयानमा यसमा सहमति जनाएका हुन् ।

यूरोपमा सुरक्षा र सहयोग संगठन (ओएससीई) का अनुसार दुबै पक्षले युद्धको मैदानबाट हिरासतमा राखेका युद्धबन्दीहरुको सूची दिनेछन् ।

यसमा दुबै देशका विदेश मन्त्रीहरुसँग मिन्स्क समूहका सह अध्यक्ष रुसका इगोर पोपोव, फ्रान्सका स्टीफन विस्कोनी र अमेरिकाका एण्ड्रयू शोफरले भेट गर्नेछन् ।

आर्मेनिया-अजरबैजान के बीच बड़ा समझौता, अब रिहाइशी इलाकों को नुकसान नहीं पहुंचाएंगे

दुबै देशबीच नागोर्नो काराबाख क्षेत्रलाई लिएर युद्ध जारी छ । मानवीय सहायताका लागि बेलायतले रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई १३ लाख डलर दिने बताएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?