आईपीएलमा आज अन्तिम डबल हेडर : पञ्जावसँग चेन्नई र राजस्थानसँग कोलकता भिड्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनमा आज अन्तिम डबल हेडर (एक दिनमा दुई म्याच) रहेका छन् । दुबै म्याच गर वा मरको स्थितीमा छन् ।

पहिलो म्याच ३ः४५ मा चेन्नई सुपरकिंग्ससँग किंग्स इलेभन पञ्जाव र दोश्रो म्याच ७ः४५ मा कोलकता नाइट राइडर्ससँग राजस्थान रोयल्सको छ । पहिलो म्याचमा पञ्जावलाई प्लेअफमा जानका लागि म्याच जित्नै पर्ने दवाव छ ।

पञ्जावका १३ म्याचमा १२ अंक छ । त्यस्तै चेन्नई पहिल्यै प्लेअफबाट बाहिरिसकेको छ । यदि चेन्नईले यो म्याच जीतेमा पञ्जाव प्लेअफबाट बाहिरिने दोश्रो टीम बन्नेछ । आजै साँझ कोलकता र राजस्थानबीच खेल रहेको छ ।

दुबै टीमको १२१२ अंक रहेको छ । यदि यो म्याचमा जो म्याच हार्छ त्यो टुर्नामेण्टबाट बाहिरिनेछ । चेन्नईका कप्तान महेन्द्र सिंह धोनी चेन्नईबाट सबैभन्दा महंगा खेलाडी हुन् ।

उनलाई चेन्नईले यो सीजनमा १५ करोड रुपैयाँ दिएको छ । त्यसपछि केदार जाधव ७.८० करोड रहेको छ ।

त्यस्तै पञ्जावका कप्तान लोकेश राहुल ११ करोड र ग्लेन म्याक्स्वेल १०.७५ करोड रुपैयाँमा यो सीजनका लागि खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?