काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को कारण थप १७ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ ।
शुक्रवार मात्र नेपालमा १६ जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार २६४ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ३१ हजार २२२ रहेको छ । यो कुल संक्रमितको ७६.७ प्रतिशत हो ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ४१० रहेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ । त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ८ रहेको छ ।
त्यस्तै आजको पीसीआर परीक्षण जम्मा ९ हजार २७९ भएको छ । हालसम्म १४ लाख ४३ हजार ३४३ वटा पीसीआर नमुना परीक्षण भएको छ ।
आइसीयूमा अहिले २९६ जनाको उपचार भईरहेको छ भने भेन्टिलेटरमा ६९ जनाको उपचार भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३५७ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया