लुम्बिनी प्रादेशीक अस्पतालमा प्रसूती गराउने क्रममा महिलाको मृत्यु

काठमाडौं । लुम्बिनी प्रादेशीक अस्पतालमा प्रसूती गराउने क्रममा एक महिलाको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएकी ति महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरी रहेकी छिन् । तर अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै उनको परिवारले शव नबुझेको स्रोतले जनाएको छ । यसअघि उनी दुई पटकसम्म सोही अस्पतालमा चेक गराउन आएकी थिईन् । उनी बुधवार बिहान ११ बजे अस्पताल भर्ना भएकी थिइन् ।

उपचार प्रक्रिया गलत भएको र अस्पतालको लापरबाहीको कारण उनको मृत्यु भएको भन्दै परिवार र आफन्तले अस्पताल परिसरमा जम्मा भएर विरोध गरिरहेका छन् । स्रोतका अनुसार उक्त घटनाको सत्य तथ्य छानविनको माग गर्दै आफन्तहरुले शव नबुझेका हुन् ।

गत कार्तिक ८ गते नै उनलाई सुत्केरी हुने मिति तोके पनि पछि मिति सार्दै १३ गतेका लागि बोलाइएको थियो । बुधवार दिउँसो २ बजेसम्म डाक्टरहरुले बच्चाको अवस्था सामान्य रहेको बताएपनि पछि बच्चाको धड्कन कम देखियो भन्दै शल्यक्रिया दिन सल्लाह दिएका थिए ।

उनलाई भर्ना गरेपश्चात सुत्केरी व्यथा लगाउने औषधी दिएपछि साँझ ५ बजेको समयमा डाक्टरहरुले नर्मल डेलिभरि हुने बताएका थिए । तर केही समयमा उनको श्वासप्रश्वासमा समस्या देखिएपछि अपरेशन गर्न लाने क्रममा उनको मृत्यु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?