अपिको तेस्रो आयोजना शिलान्यास

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना शनिवार (हिजो) घटस्थापनाका दिन शिलान्यास गरेको छ ।

अपि पावर कम्पनी लिमिटेडको यो आफ्नो तेश्रो जलविद्युत आयोजना हो ।

कार्तिक १ गतेबाट शुरू गरी आगामी २० महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने गरी कार्य गरिरहेको छ ।

सूदुरपश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरिनेछ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा यस आयोजनाको बाँध बनाई ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाईपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत गृह निर्माण गरी ४० मेगावाट क्षमताको उर्जा उत्पादन गरी १६ किलोमिटर लामो १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत ने.वि.प्रा.को वलाँच सवस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनेछ ।

यस आयोजना निर्माणका लागि जम्मा ७४० करोड रूपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम २२२ करोड रूपैयाँ कम्पनीले आफ्ना शेयरधनीहरूलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना बनाई कम्पनीले काम गरिरहेको छ ।

बाँकी ७० प्रतिशतले हुने रकम ५१८ करोड रूपैयाँ हिमालन बैंक लिमिटेडको अगुवाईमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरू सहभागी भई आयोजनाको सह–वित्तियकरण बनाई बैंक ऋण प्रवाह गर्ने गरी वित्तिय व्यवस्थापन गर्ने सम्झौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?