नगर प्रमुख खरेल कोरोना मुक्त

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । नगर प्रमुख खरेल कोरोना सङ्क्रमण भएपछि सेल्फ होम आइशोलेशन बसेका थिए । सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताए ।

आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो । कोरोनामुक्त भएसँगै आजदेखि कार्यालयका काममा फर्किने उनले बताए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?