पाटाको सचिव/कोषाध्यक्ष पदमा सुमन पाण्डे निर्वाचित

काठमाडौं । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रा.लि.का अध्यक्ष तथा पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे पाटाको सचिव/कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

विभिन्न ७७ मुलुकका ६ हजार भन्दा बढी सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय संघ, प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा) को यहि १२ नोभेम्बर २०२० मा भएको अनलाईन चुनावमा श्री पाण्डेले मलेशियन प्रतिद्वन्दी फईज फधीलिल्लाहलाई पराजित गरेका हुन् ।

त्यस्तै भियतनामका उम्मेद्धार हाई होे, कम्बोडियाका प्रतिस्प्रधी डा. सोखोम थोक विरुद्ध उपाध्यक्ष पदमा विजय भएका छन् भने, वर्तमान उपाध्यक्ष सिङ्गापुरका सुन हुवा वोङले पाटाको विधानअनुसार आगामी कार्यकालको अध्यक्षता गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?