चीनमा ५ दिनमा ९० लाखको पीसीआर परीक्षण

चीनले पाँच दिनको अवधिमा चिङ्दाओ सहरका सबै ९० लाख मानिसको पीसीआर परीक्षण गर्ने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार भइरहेको अस्पतालबाट संक्रमण फैलिएको देखिएपछि पूरै सहरका मानिसको परीक्षण गर्न लागेको अधिकारीहरूले जनाएका छन् ।

चीनका अधिकांश स्थानमा भने हाल संक्रमण नियन्त्रणमा आइसकेको छ । तर विश्वका अन्य देशहरूमा भने संक्रमणले महामारीको रूप लिएको छ भने कतिपय देशमा प्रतिबन्धहरू कायम छन् । युरोपका केही देशमा दोस्रो लहरको संक्रमण फैलिएको जनाइएको छ ।

चिङ्दाओ नगरको स्वास्थ्य आयोगले सामाजिक सञ्जालमा विज्ञप्ति सार्वजनिक गर्दै ६ जना लक्षणसहितका र ६ जना लक्षणविहीन संक्रमितहरू भेटिएका पुष्टि गरेको छ । चिनियाँ सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार ती सबै संक्रमितको सम्बन्ध स्थानीय अस्पतालसँग भेटिएको हो । संक्रमितको संख्या निकै कम भए पनि चीन सरकारले सहरका सबै बासिन्दाको परीक्षण गर्ने रणनीति बनाएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?