काठमाडौं । विज्ञहरूले नेपालमा वायु प्रदूषण, वन विनास, जलवायु परिवर्तन, सुख्खा, बाढीपहिरोसँगै प्राकृतिक स्रोतको दोहन वातावरणीय समस्याका रुपमा बढ्दै गएको बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको ‘दोस्रो अन्तर्राष्ट्रिय ज्ञान सम्मेलन’ मा विज्ञहरूले काठमाडौंमा अनियन्त्रित सहरीकरण र सवारीसाधनका कारण प्रदूषण हरेक वर्ष बढ्दै गएको तथा अन्य क्षेत्रमा वन विनास, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दोहनका समस्या बढ्दै गएका बताएका हुन्।
राष्ट्रिय योजना आयोगका सदस्य डा। कृष्णप्रसाद ओलीले विकासका हरेक क्रियाकलापमा वातावरणीय पक्षलाई सँगसँगै लैजानुपर्ने बताए। सरकारले दिगो विकासका लक्ष्यलाई आत्मसाथ गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले आईईई र इआईए कार्यान्यन नहुँदा वातावरणीय मुद्दा झन पेचिलो बन्दै गएको बताए।
आइतबार भएको ‘दिगो वातावरण सत्र’ मा वन तथा वातावरण मन्त्रालायका सचिव डा। विश्वनाथ ओलीले काठमाडौंमा वायु प्रदूषणको समस्या चुनौतीको रुपमा बढ्दै गएको स्वीकार गर्दै त्यसका लागि सरकारले एक्सन प्लान स्वीकृत गरिसकेको बताए ।
जलवायु परिवर्तन, जलाधार संरक्षण, पानीका स्रोत र वन्यजन्तु संरक्षणका संरक्षित क्षेत्र नै घोषणा गरेर संरक्षणको काम भइरहेको उनले बताए ।
प्रा.डा. मदन कोइरालाले स्वच्छ वातावरणमा बाच्न पाउने मौलिक हक रहे पनि प्रदूषण बढ्दै जाँदा नागरिकले स्वच्छ वातावरण पाउन नसकेको बताए। आइईई, इआइए दिगो विकासका उपकरण भएपनि नाम मात्रको प्रतिवेदन बनाएर अगाडि बढ्ने गरेको उनले बताए ।
वायु प्रदूषण नियन्त्रणका लागि विश्वले नै अनुकुलका कार्यक्रम सञ्चालन गर्नुका साथै विद्युतीय गाडीलाई बढवा दिए पनि नेपालमा कर थुपारेको भन्दै उनले असन्तुष्टि जनाए।
चिकित्सक समेत रहेका एनरआएनए अमेरिकाका पूर्वअध्यक्ष डा. केशव पौडलले सहरी वातावरण प्रदूषित हुँदा त्यसको असर मानजीवनमा परिरहेको बताए ।
प्रा.डा. दुर्गा पौडेलको प्राकृतिक स्रोतलाई जोगाउने गरी विकास गर्नुपर्ने देखिन्छ। विकास गर्दा वातावरणीय पक्षल जल, जमिन, जंगल, जनावरण र जलवायुलाई ख्याल गर्नुपर्ने उनको जोड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया