४० वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । उदयपुरमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका-८ पावु बस्ने ३२ वर्षीय शम्सेर बहादुर क्याप्छाकी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

शम्सेरले ती महिलालाई असोज १६ गते राति जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?