काठमाडौं । लामो समयदेखि मेडिकल सप सञ्चालन गर्दै आएका र जिल्ला अस्पताल हुम्लामा कार्यरत सिनियर अनमी सरिता बोहराले जनस्वास्थ्य कार्यालय हुम्लालाई औषधि सहयोग गरेकी छिन् ।
उनले ५० प्रकारका दुई लाख मूल्य बराबरको औषधि जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहलाई आइतवार हस्तान्तरण गरिन् । आफूले अस्पतालका काममा दिनरात खट्नुपर्ने अवस्था भएका कारण पसलमा राखिएका औषधि फोहोरमा फाल्नुभन्दा जनस्वास्थ्य कार्यालयलाई सहयोग गरेको बोहराले बताए ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया