सप्तरी । सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको रुपनीका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिए।
बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिपोर्ट नेगेटिभ आएका उनको काठमाडौंमा कोरोना पोजिटिभ देखिएको रुपनी–१ का सन्तोष यादवले जानकारी दिए । काठमाडौं मेडिकल कालेजमा ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको परिवारका सदस्यले जनाएका छन् । यससँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २० जना पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षकको कार्यभार सम्हाल्न आएका ३६ वर्षीय पुरुषसहित पाँच जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि सरुवा भएर काठमाडौं गएका प्रनाउ कोरोना संक्रमणबाट मुक्त भएपछि नयाँ प्रनाउ राजविराज आउनु भएको हो । यसैगरी आज अन्य संक्रमित हुनेमा राजविराज नगरपालिका– १ का ५६ वर्षीय, राजविराज वडा नखुलेको ५६ वर्षीया र ६५ वर्षीय तथा सुरुङ्गा नगरपालिकाको वडा नखुलेका ४५ वर्षीय संक्रमित भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
योसँगै जिल्लामा संक्रमित हुनेको संख्या १ हजार ३६३ पुगेको छ । ती मध्ये १ हजार १०३ जना निको भएका छन् । हाल जिल्लामा सक्रिय सङ्क्रमित २ सय ४० जना रहेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया