काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका २ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालका २ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।
कोरोना संक्रमण मुक्त २ जिल्लाहरु
- मनाङ
- मुस्ताङ
बितेको २४ घण्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १३ हजार २७९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६७६ पुगेको छ ।
नेपालमा बितेको २४ घण्टामा थप १ हजार ६८० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ । यो कुल संक्रमितको ७२.५ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १५ हजार ८७७ जना र संस्थागत आईसोलेसनमा ११ हजार १७६ जना छन् । तिमध्ये ३१८ जना संक्रमितको आईसियु र ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ७०३ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन र सुर्खेत गरि ८ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६०० जनाको मृत्यु भएको छ ।
हिजो (बिहीवार) नेपालमा ४ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ६७५ जना संक्रमणमुक्त भएका थिए भने १२ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया