काठमाडौं । सरकार र अनसनरत डा गोविन्द केसी पक्षबीच वार्ता शुरु भएको छ ।
अनसनरत डा केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि अनसनरत पक्षसँग वार्ता गर्नका लागि दुवै पक्षबाट वार्ताका लागि बुधवार टोली गठन गरिएको थियो ।
सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सचिव सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरिएको छ । भने डा केसीको तर्फबाट डा जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली गठन गरिएको छ ।
बिहीवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा अनसनरत डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ ।
डा केसीको यो १९ औँ अनसन हो । उनले गत भदौ २९ गते जुम्लाबाट अनसन शुरु गरेका थिए ।
यी हुन डा केसीले १९ औँ अनसनमा राखेका मागहरु:
१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस् । गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस् । प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा,उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।
२. मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस्। कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस् ।
३. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।
४. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस्। विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।
५. राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्डलगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस्। बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानबिन र कारबाही चलाइयोस् ।
६. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निस्शुल्क सेवा सुनिश्चित गरियोस् ।
यो पनि
सरकार र अनसनरत डा. केसीबीच आज वार्ता हुँदै, होला त मागको संबोधन ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया