जबरजस्ती करणीको घटनालाई सहमती गराएको अभियोगमा ६ जना पक्राउ

बझाङ । जिल्लाको मष्टा गाउँपालिकामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको घटनालाई गाउँघरमै सहमती गराएको अभियोगमा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मष्टा गाउँपालिका-३ बस्ने २४ वर्षीय झलक दमाई, सोही गाउँपालिका-२ बस्ने ४५ वर्षीय लाल बहादुर बोहरा, सोही ठाउँ बस्ने ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरा रहेका छन् ।

उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । मष्टा गाउँपालिका -२ खिकाला घट्टामा गत साउन २९ गते उनीहरुले उक्त घटनाको सहमती गरेको अभियोगमा पक्राउ परेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?