प्रदेश ५ विवाद : कमल थापा लेख्छन्- केन्द्र र स्थानीय तह कायम गरि प्रदेश तह खारेज गरौँ !

काठमडौं । प्रदश नम्बर ५ को राजधानी दाङ प्रस्ताव गरेको विरोधमा विभिन्न स्थानमा विरोध प्रदर्शन र आन्दोलन भईरहेका छन् ।

यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा मन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको बताएका छन् ।

साथै उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको ध्वंसात्मक कार्य निन्दनीय भएको समेत बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत एक स्टाटस लेख्दै भनेका छन्, ‘५ नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ। यो घटनाको कारणले मात्र होइन,संघियताको ५ वर्षे अनुभवले समेत संघियता आवश्यक छैन भन्ने प्रमाणित भएको छ। केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?