काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ४ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालका ४ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।
कोरोना संक्रमण मुक्त ४ जिल्लाहरु
- मनाङ
- मुस्ताङ
- डोल्पा
- रुकुम (पूर्व)
बितेको २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १३ हजार ७८१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।
नेपालमा बितेको २४ घण्टामा थप १ हजार १३३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । यो कुल संक्रमितको ७३.० प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २३ हजार ५०७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १२ हजार ३१६ जना र संस्थागत आईसोलेसनमा ११ हजार १९१ जना छन् । तिमध्ये २४४ जना संक्रमितको आईसियु र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ३३ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिराहा, सुनसरी, ललितपुर, भक्तपुर,चितवन गरि ८ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५५४ जनाको मृत्यु भएको छ ।
हिजो (आईतवार) नेपालमा २ हजार २५३ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ३२९ जना संक्रमणमुक्त भएका थिए भने ७ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया