काठमाडौं । नेपालका कम्युनिष्ट पार्टी (नेकपा) का सदस्यहरुले अब अमेरिकी स्थायी बसोबास अनुमतिपत्र तथा नागरिकता नपाउने भएका छन् ।
अमेरिकाले अक्टोबर २ मा जारी गरिएको नयाँ नीतिअनुसार नेपाल मात्र नभइ कुनै पनि देशका कम्युनिस्ट पार्टीका सदस्य वा कम्युनिष्ट पार्टीका भातृ संगठनहरुका सदस्यले समेत अमेरिकामा स्थायी बसोवासको अनुमति पाउने छैनन् ।

नयाँ नीतिको दस्तावेजमा प्रस्ट रुपमा कुनै पनि कम्युनिस्ट पार्टीसँग आबद्धता वा अन्य निरंकुश शासन व्यवस्थासँग आबद्ध भएकाहरु अमेरिकामा ‘इमिग्रेन्ट स्टाटस’का लागि आवेदन दिन अयोग्य हुने व्यवस्था रहेको जनाइएको छ ।
अमेरिकाले नयाँ नीति सार्वजनिक गरे पछि चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यप्रति यस्तो कदम चलाएको भन्दै विश्लेषण भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया