नेपाली औषधिको क्लिनिकल ट्रायल हुने

काठमाडौं । कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ ।  नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड-१९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ ।

परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड-१९को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको बताए । औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको बताए ।

उक्त औषधिको सबै मापदण्ड, डिजाइन र औषधि व्यवस्था विभाग को स्वीकृति हेर्दा भाइरसको लागि प्रयोग गर्ने भन्ने छ र उक्त औषधिलाई कोभिड १९ को लागि क्लिनिकल अध्ययन गर्ने हिसाबले प्रयोग गर्न लागिएको बताए ।

यसबाहेक नेपाल मै उत्पादित आयुर्वेदिक औषधिको पनि क्लिनिकल ट्रायल हुने भएको छ । परिषदका सदस्य सचिव ज्ञवालीले प्रदेश नं. ५ र प्रदेश नं. २ बाट आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल शुरु गर्न लागिएको बताए । जसमा जेठी मधु (एस्टी मधु) र तीन कटु (पिप्ला, मरिच र सुठो)को धुलो मिसिएको औषधिको क्लिनिकल ट्रायल गर्न लागिएको बताए । खासगरी आयुर्वेदिक औषधिले मानिसको रोगसँग लडने प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने मान्यता अनुरुप क्लिनिकल ट्रायल गर्न लागिएको उनले स्पस्ट पारे ।

आयुर्वेद अस्पतालले कोरोनाका विरामीहरुलाई शुरुदेखि नै आफैले बनाएको विभिन्न जडिबुटी मिश्रित औषधिको प्रयोग गर्दै आएको छ । यो औषधिको परीक्षण सफल भए कोरोना जस्तै भाइरस जन्य रोगका लागि औषधि बनाउने नेपाल महिलो मुलुक हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?