काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ३ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ३ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।
कोरोना संक्रमण मुक्त ३ जिल्लाहरु
- मनाङ
- मुस्ताङ
- डोल्पा
बितेको २४ घण्टामा नेपालमा थप २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ७३९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनासहित देशभर २ हजार ७२२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ३ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६९६ पुगेको छ । यो कुल संक्रमितको ७३.६ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २१ हजार २३४ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ११ हजार ७६० जना र संस्थागत आईसोलेसनमा ९ हजार ४७४ जना छन् । तिमध्ये २५० जना संक्रमितको आईसियु र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ८८५ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ८ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५२० जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ११ जनाले ज्यान गुमाएका छन् ।
हिजो (बिहीवार) नेपालमा १ हजार ९११ जनामा संक्रमण पुष्टि भएको थियो । ९६१ जना संक्रमणमुक्त भएका थिए भने ११ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया