ज्येष्ठ नागरिक सम्मानित

पोखरा । पोखरा महानगरपालिकाले ३० औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा महानगरभित्रका दुई ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

महानगरपालिकाले हरेक वर्ष गर्दै आएको नगर माता र नगर पिता सम्मानअन्तर्गत एक सय सात वर्षीया कलावती गिरी र १०४ वर्षीय तेजबहादुर गुरुङ सम्मानित भएका हुन् ।

कोरोना भाइरसका कारण महानगरले दुवै जनालाई उहाँहरुकै घरमा पुगेर महानगर प्रमुख र उपप्रमुख सम्मान गरेका हुन् ।

पोखरा–११ रानीपैवाका गुरुङलाई नगर प्रमुख मानबहादुर जिसी र पोखरा–२४ की गिरीलाई उपप्रमुख मञ्जुदेवी गुरुङले नगद १० हजार १२५, फूलमाला र दोसल्ला ओढाएर सम्मान गरेका हुन्। महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिक मध्ये दुई जनालाई सम्मान गर्दैै आएको छ । महानगरले उनीहरुलाई नगर पिता र नगर आमाका रुपमा सम्मान गरेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?