कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । प्रदेश प्रमुखको निजी सचिवालयले आज प्रेस विज्ञप्तिमार्फत प्रदेश प्रमुख कलौनीलाई कोभिड–१९ को संक्रमण देखिएको जनाएको छ ।
प्रदेश प्रमुखका स्वकीय सचिव चूडामणि कलौनीले प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को लक्षण देखिएर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङअनुरुप प्रदेश प्रमुख कलौनीको पिसिआर परीक्षण गर्दा संक्रमण देखिएको बताए ।
“उहाँको अहिले स्वास्थ्य अवस्था सामान्य छ”, प्रमुख स्वकीय सचिव कलौनीले भने, “उहाँ चिकित्सकको प्रत्यक्ष निगरानीमा होम आइसोलेसनमा बस्नुभएको छ ।” उनका अनुसार एक साता पहिले कार्यालयका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती कर्मचारीको सम्पर्कमा आएका पाँच जना कर्मचारीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप तीन जनामा कोरोना संक्रमण देखिएको उनले जनाए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया