काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ४ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ४ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।
कोरोना संक्रमण मुक्त ४ जिल्लाहरु
- मनाङ
- मुस्ताङ
- डोल्पा
- मुगु
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च संक्रमितको संख्या हो ।नेपालमा बितेको २४ घण्टामा थप ९ सय ६१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५७ हजार ३ सय ८९ रहेको छ ।
देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया