काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
मन्त्रिपरिषद्को गत असोज १२ गतेको बैठकले उपरथी रथी श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने निर्णय गरेको थियो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहीबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
उक्त कार्यक्रममा नेपाली सेनाका उच्च अधिकृतहरुको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया