कोरोना संक्रमित शून्य भएका यी ६ जिल्लाहरु

काठमाडौं । नेपालमा हालसम्म ६ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण शून्य हुनेमा रसुवा मुस्ताङ लगायत ६ जिल्लाहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै बितेको २४ घण्टामा नेपालमा थप १ हजार २०७ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाको कारण मृत्यु भएसँगै कुल मृतक संख्या ४६७ पुगेको छ । यो कुल संक्रमितको ० दशमलव ६५ प्रतिशत हो । भने हालसम्म ५३ हजार १३ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ४७ जना कोरोना मुक्त भएका हुन् ।

यी हुन् कोरोना शून्य भएका ६ जिल्ला
रसुवा
मनाङ
मुस्ताङ
हुम्ला
मुगु
डोल्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?