दिल्लीको दोश्रो जित : धोनीको चेन्नई ४४ रनले पराजित

काठमाडौं । दुबई इन्टरनेशनल स्टेडियममा भएको आईपीएल २०२० को ७ औँ म्याचमा दिल्ली क्यापिटल्सले चेन्नई सुपरकिंग्सलाई ४४ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।

जवाफमा चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१ रन मात्र बनाउन सक्यो ।

दिल्लीले १३ औँ सीजनमा दोश्रो जित निकालेको छ । दिल्लीका पृथ्वी शाको उत्कृष्ट ब्याटिङमा दिल्लीले यो जित निकालेको हो । उनले ६४ रन बनाएका थिए ।

रिषभ पन्तले ३७, शेखर धवनले ३५ र अय्यरले २६ रन बनाएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?