काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ५३ हजार ७ सय ७७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड ५ लाख ८४ हजार ६ सय ९० जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड २२ लाख ४३ हजार ९ सय ७१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार १ सय ८४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख २ हजार ६ सय २१ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १९ हजार २ सय ८३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६८ लाख ९३ हजार ८ सय ७९ पुगेको छ । हालसम्म ४१ लाख ७० हजार २ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार २ सय २६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८५ हजार ६ सय २१ पुगेको छ । बितेको २४ घण्टामा ९२ हजार ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५३ लाख ५ हजार ३ सय ८७ पुगेको छ । हालसम्म ४२ लाख ३ हजार १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार २ सय १७ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ९ हजार ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४४ लाख ६६ हजार ८ सय २८ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३५ हजार २ सय ३ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३७ लाख ५३ हजार ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण ७२ जनाको ज्यान गएको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १९ हजार १ सय ९५ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ९ सय ५ जनामा कोरोना पुष्टि भएको र १ सय ३४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ९१ हजार १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ९ लाख १ हजार २ सय ७ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा ३१ हजार १ सय ४६ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ७ लाख ५० हजार ९८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख ९४ हजार ५ सय १३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ३९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ३ हजार १ सय ८२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख ८४ हजार १ सय १३ पुगेको छ । हालसम्म कोरोनाको कारण ७२ हजार १ सय ७९ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र २ सय १ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ४ लाख ८८ हजार ४ सय १६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये २ हजार ५ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
पाकिस्तानमा पछिल्लो २४ घण्टामा थप ७ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म पाकिस्तानमा कोरोनाको कारण ६ हजार ४ सय ८ जनाको ज्यान गएको र ३ लाख ४ हजार ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म कुल संक्रमित मध्ये २ लाख ९१ हजार ६ सय ८३ जना कोरोना उपचारपछि निको भएर फर्किएको र पछिल्लो २४ घण्टामा थप ९ जनाको ज्यान गएको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया