नेपालमा कोरोना अपडेट विवरणसहित – थपिएका २ हजार २० जना संक्रमित कुन जिल्लामा कति ?

काठमाडौं । नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ बाट थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ५ जना पुरुषको मृत्यु भएको हो । काठमाडौंमा ८५ वर्षिया महिला र ८८ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८२ वर्षिय पुरुष र ललितपुरमा ६६ वर्षिया महिलाको मृत्यु भएको छ ।

मोरङमा ६६ वर्षका २ जना पुरुषको मृत्यु भएको छ । नवलपरासी ६६ वर्षिया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।

बितेको २४ घण्टामा नेपालमा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ११ हजार ४ सय ५८ जनामा पीसीआर परीक्षण भएकोमा ६ सय ३९ जना महिला र १३ सय ८१ जना पुरुषमा संक्रमण देखिएको हो । आज काठमाडौंमा ६ सय ८९, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ५ सय २१, प्रदेश नम्बर २ मा ८ सय ९०, बागमती प्रदेशमा ५ हजार २ सय ९६ र गण्डकी प्रदेशमा ८ सय ६३ जना, प्रदेश नम्बर ५ मा १ हजार १ सय ६३, कर्णाली प्रदेशमा २ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ सय ७७ जना गरी आज देशभरी ९ हजार २ सय ९५ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ९०, प्रदेश नम्बर २ मा १ हजार ७७, बागमती प्रदेशमा ४ हजार १ सय ९७ र गण्डकी प्रदेशमा १ सय ८७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ३७, कर्णाली प्रदेशमा १ सय ८६ र सुदूरपश्चिम प्रदेशमा ३ सय १४ गरी देशभरी ८ हजार ८८ जना छन् ।

आज आइसियुमा १ सय ७३भेन्टिलेटरमा ३६ जना संक्रमित उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ८ सय ७१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा३ हजार ८ सय ४७, प्रदेश नम्बर २ मा ११ हजार ९ सय, बाग्मती प्रदेशमा ९ हजार ७ सय ७१ र गण्डकी प्रदेशमा २ हजार ५ सय ३४ जना संक्रमणमुक्त भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ६०, कर्णाली प्रदेशमा ६ हजार ६ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५१ जना गरी आजसम्म ४३ हजार ८ सय २० जना संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको छ ।

हिजो बिहीवार नेपालमा १ हजार २४६ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार २४३ जना संक्रमणमुक्त भएका थिए भने ४ जनाको मृत्यु भएको थियो ।

यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, मकवानपुर, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही र सिराहा गरि ९ वटा जिल्लामा हालको अवस्थामा ५ सय बढी संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

स्वास्थ्य मन्त्रालयको विवरण हेर्नुहोस्, : कहाँ कति थपिए ? 

No photo description available. No photo description available.

Image may contain: text that says '.सं. ४४ प्रदेशहरू जिल्ला महिला पुरुष 5 जम्मा 5 ३ अद्ाम क्ननपुर कैलाली डोटी वझाड ४५ ४६ ४७ 45 ४९ ५० 9 सुदुरपश्चिम १६ 9 १६ ७ १७ ૧ ৭ ३ २ 9 9 9 बाजुरा वैतडी आजको जम्मा आजको जम्मा संख्या ६३९ १३5१ २०२० ६१,५९३ प्रदेश प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्चार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ९३५ ३६७ ५०१ ५६१ प्रदेश ૧ प्रदेश बागमती गण्डकी हालसम्मको डिस्चार्जको संख्या ३६४७ ११९०० प्रदश ५ कर्णाली सुदुरपश्चिम जम्मा १७०३ ७९९ २५४७ ९७७१ २५३४ ६९६० २६५७ ६૧५૧ ४३६२० ७७३६ कोभिड-१९ राष्टिय अद्यावधिक विवरण। २०७७ आश्विन गते'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?