जायज मागहरुको सम्बोधन गरी अनसनरत डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ ।

गत भदौ २९ गतेदेखि जुम्लामा १९ औँ अनसन शुरु गरेका डा केसीको जायज मागहरुको तत्काल सम्बोधन गर्दैै उनको जीवन रक्षा माग गरेको हो । संघले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, “गुस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति नेपाल सरकारले गम्भिर रुपमा मनन गरी अबिलम्ब बार्ताद्वारा जायेज मागहरुको सम्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।”

डा केसी संघका आजीवन सदस्य समेत रहेका छन् । विभिन्न माग राख्दै उनी ६० बर्ष पुरा गरिसकेका एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सर्व साधारण नागरिकहरुको सहज पहुँचका लागि विभिन्न माग राख्दै पटक पटक सत्याग्रह गर्नु परेको र हाल नेपाल सरकारले गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन नभएको भनी १९ औं पटकको सत्याग्रहमा होमिन बाध्य भएको समेत संघले जनाएको छ ।

विभिन्न मागहरु राख्दै जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौर स्थित बाबिरामष्ट मन्दिरमा मिति २०७७ भाद्र २९ गते सोमबारदेखि १९ औं सत्याग्रहमा बसेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?