काठमाडौं – यूथ कांग्रेस नेपालले काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणपश्चात् ‘सोल्टी होटल’ मा आइसोलेसनमा बसेको खर्च कसले बेहोरेको हो ? भन्दै सूचना माग गरेको छ।
होम आईसोलेसनमा बसेका भनिएका मेयर शाक्य सोल्टी होटलको आइसोलेसनमा बसेको भनि विभिन्न सञ्चार माध्यममा समाचार बाहिरीएपछि यूथ कांग्रेस नेपालका सदस्यहरुले सूचनाको हक सम्बन्धिको निवेदन मार्फत् मेयर शाक्यको आइसोलेसन खर्चसहित विगत ६ महिनामा महानगरका कर्मचारी र पदाधिकारीहरुले ‘कोभिड – १९’ को उपचार र सुरक्षाका सम्बन्धमा खर्च गरेको विवरण समेत मागिएको छ।
यसअघि गत चुनावमा महानगरको मेयरकी प्रत्यासी रञ्जु दर्शनाले सूचनाको हक अन्र्तगत मेयर शाक्यको खर्च माग गर्दै निवेदन दिएकी थिईन् ।
हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया