सुर्खेतमा २८ सैनिकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं-  सुर्खेतको वीरेन्द्रनगरस्थित राजदल गणमा कार्यरत नेपाली सेनाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बिहीबार २८ जना सैनिकमा संक्रमण पुष्टि भएको हो ।

छुट्टीमा घर गएर फर्किएकाहरुमा गरिएको परिक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको हो ।

सेनाले घर गएर फर्किएकाहरुको गणमा प्रवेश गर्नुअघि अनिवार्य रुपमा पीसीआर परीक्षण गर्दै आएको छ ।

कोरोना संक्रमण पुष्टि भएका २८ जनाको भदौ २८ गते स्वाब संकलन गरिएको थियो ।

उनीहरुलाई सेनाकै आईसोलेसनमा राख्ने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?