काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित, कुन जिल्लाका कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६१८ जनामा कोरोना  संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

बितेको २४ घण्टामा नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस ‘कोभिड -१९’ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ६ सय ४१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा ४ सय २८ जना महिला र ८१८ जना पुरुष गरी थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको हो ।

आजसम्म ८ लाख ८२ हजार ९१५ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै कुल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाको कारण ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३८३ पुगेको छ । आज थपिएका मध्ये १ जना महिला र ३ जना पुरुष रहेका छन् । यो कुल संक्रमितको ० दशमलव ८३ प्रतिशत रहेको स्वास्थ्इय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा थप १ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।

यसैबीच, हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १६ हजार २४१ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ८ हजार ३३८ जना र संस्थागत आईसोलेसनमा ७ हजार ९ सय ३ जना छन् । संक्रमितमध्ये १८२ जना संक्रमितको आईसियु र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ८८३ जना रहेका छन् ।

यस्तै मोरङ सिरहा, सुनसरी, ललितपुर, मकवानपुर काठमाडौं चितवन भक्तपुर र रुपन्देही गरि ९ वटा जिल्लामा हालको अवस्थामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

नेपालमा मंगलबार काठमाडौं उपत्यकामा ६७६ सहित १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका थिए ।
यस्तै बुधबार काठमाडौंमा ६५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६० जनासहित देशभर १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?