एकाएक किन बढ्यो प्याजको भाउ ?

भारतले प्याज निर्यातमा रोक लगाउने निर्णय गरेसँगै नेपाली बजारमा एकै दिन होलसेलमा प्रतिकिलो १५ रुपैयाँ मूल्य बढेको छ । सोमबार प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको भारतीय प्याज मंगलबार ७५ रुपैयाँमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ ।

खुद्रा बजारमा एक किलोकै १ सय रुपैयाँसम्म मूल्य पर्‍यो । ‘सोमबार ३५ टन प्याज भित्रिएको थियो, मंगलबार भित्रिएन,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘९० प्रतिशत भारतबाटै आयात हुन्छ । आयात नहुँदा यहाँ मूल्य बढेको हो ।’ गत आर्थिक वर्षमा समितिमा २४ हजार २ सय ७२ टन प्याज भित्रिएको थियो ।कान्तिपुरमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?