कोरोना संक्रमितको उपचारमा शुल्क लिने सरकारको तयारी

सरकारले कोरोना संक्रमितको उपचार शुल्क लिने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइतबार भएको बैठकमा यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्बाट यो निर्णय पारित भएपछि कार्यान्वयनमा जानेछ । बैठकको निर्णय नम्बर ८ को बुँदामा विपन्नको उपचार निशुल्क र अन्य संक्रमितले आफ्नै खर्चमा गर्नुपर्ने उल्लेख छ। कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?