काठमाडौं । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु भएकामध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । हिजो मात्र नेपालमा कोरोनाको कारण १४ जनाको मृत्यु भएको थियो ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया