काठमाडौं । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तीको माग गर्दै युवाहरुले माइतिघरमा दिप प्रज्वलन गरेका छन् ।
घिसिङको आज सोमवारबाट पहिलो कार्यकालको ४ वर्षको सेवा अवघि सकिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ती गर्दैछ । घिसिङको नेतृत्वले दैनिक १८ घण्टासम्मको लोडसेडिङ र घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लैजान सकेका कारण उनलाई पुनः नियुक्त गर्नका लागि आवाजहरु उठिरहेका छन् ।
सामाजिक सञ्जालदेखि चियापसल सम्म घिसिङकै पुनर्वहालीको माग उठेका कारण उनी सर्वसाधारणबीच लोकप्रिय भएको सहजै अनुमान गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया