नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३६० पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको कारण थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकामध्ये १० जना पुरुष र ५ जना महिला रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै कुल संक्रमितमध्ये हालसम्म ७१ दशमलव ५ प्रतिशत अर्थात ३९ हजार ५ सय ७६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप ८ सय ७९ जना कोरोना मुक्त भएका हुन् । मन्त्रालयका अनुसार हाल नेपालमा १५ हजार ३ सय ९३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?