काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ का कारण १ महिला र ४ जना पुरुषको मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार मोरङमा ४० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै महोत्तरीमा ६५ वर्षिय, धनुषामा ४५ वर्षिय, काठमाडौंमा ७० वर्षिय र नवलपरासीमा ५५ वर्षिय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।
बितेको २४ घण्टामा मात्रै नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन् । १० हजार ७ सय १ पीसीआर परीक्षण भएकोमा ४ सय ६३ महिला र ९ सय ९१ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ६ सय २०, भक्तपुरमा ३८ र ललिपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालको अवस्थामा देशभरी सक्रिय संक्रमित Active case को संख्या १४ हजार ९ सय २५ जना रहेको छ ।
संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय १९, प्रदेश नम्बर २ मा ४ सय १, बागमती प्रदेशमा ४ हजार ८ सय १० र गण्डकी प्रदेशमा ७ सय ६२ जना संक्रमित रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय २, कर्णाली प्रदेशमा २ सय ५३ र सुदूरपश्चिम प्रदेशमा ५ सय ४४ गरी देशभरी ८ हजार २ सय ९१ संस्थागत आइसोलेसनमा रहेका छन् ।
यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ९ सय ३७, प्रदेश नम्बर २ मा २ हजार १ सय ४५, बागमती प्रदेशमा २ हजार ५ सय १ र गण्डकी प्रदेशमा १ सय जना, प्रदेश नम्बर ५ मा ६ सय ७८, कर्णाली प्रदेशमा ९० र सुदूरपश्चिम प्रदेशमा १ सय ८३ गरी देशभरी ६ हजार ६ सय ३४ संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
आज देशका विभिन्न अस्पतालका आइसियुमा १ सय ७० जना र भेन्टिलेटरमा २५ जना जना संक्रमित उपचाररत रहेका छन् ।
आज ९ सय ७२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ३ सय २४, प्रदेश नम्बर २ मा १० हजार २ सय ४२, बाग्मती प्रदेशमा ६ हजार ५ सय ३५ र गण्डकी प्रदेशमा २ हजार १ सय ४३ जना संक्रमणमुक्त भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार २ सय ४८, कर्णाली प्रदेशमा २ हजार ४ सय ७० र सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय १० गरी देशभरी आजसम्म ३६ हजार ६ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन्।
नेपालमा पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति जना थपिए संक्रमित हेर्नुहोस् विवरण :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया