काठमाडौं । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोले पुरिएर एक जना बेपत्ता भएका छन् । बिहीबारदेखि परेको निरन्तर वर्षापछि खसेको पहिरोले बारीमा काम गर्दै आएका बडिगाड गाउँपालिका–१० निगलपानीका– ३५ वर्षीय दानबहादुर घर्तीमगर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।
घर्तीमगर आज बिहान तरकारीबारीमा काम गरिरहँदा माथिबाट खसेको पहिराले पुरेर बेपत्ता भएका थिए । स्थानीयवासीको सक्रियतामा बेपत्ताको खोजी जारी छ । घटनास्थलतर्फ भीमगिठे प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी खटाइएको छ ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया