तपाइँको लाइसेन्स रिन्यू गर्नु छ, सेवा खुल्यो ?

काठमाडौं । के तपाईँको लाइसेन्स रिन्यू गर्नु छ तर कोरोना कहरका कारण जारी निषेधाज्ञाले पाइरहनु भएको छैन ? त्यसो हो भने लाइसेन्सको नवीकरण खुल्ने भएको छ ।

प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयले आइतबारदेखि उपत्यकामा लाइसेन्सको नवीकरणसम्बन्धी सेवा सुचारु गर्ने जनाएको हो ।

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै आइतबारदेखि नवीकरणसम्बन्धी सेवा सूचारु गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?