तीन राजदूतहरुको नाम संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन

काठमाडौं । सरकारले सिफरिस गरेको तीनजना राजदूतहरुको नाम संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

समितिको आजको बैठकले राजकाजी खड्का, गेहेन्द्र राजभण्डारी र तापस अधिकारीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । सरकारले खड्कालाई जर्मनी, राजभाण्डरीलाई बेल्जियम र युरोपियन युनियन तथा अधिकारीलाई पाकिस्तानको राजदूतका लागि सिफरिस गरेको थियो ।

प्रस्तावित राजदूतहरुको योग्यता, क्षमता र अनुभवका आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्र समिति (कार्य सञ्चालन) नियमावली २०७५ को नियम २६ को उपनियम (५) अनुसार समितिबाट नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्षमणलाल कर्णले बताए ।

सभापति कर्णले सरकारले समानुपातिक समावेशीताको सिद्धान्त अनुसार राजदूतहरुको नाम सिफारिस नभएको प्रति सरकारको ध्यानाकर्षण गराए । रिक्त रहेका सबै देशमा एकै पटक राजदूत नियुक्ति नगर्दा समस्या देखिएपनि आगामी दिनमा नियुक्ती गर्दा सोही अनुसार गर्न सरकारलाई समितिले निर्देशन समेत दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?