काठमाडौं – सिरहाको बिष्णुपुर गाउँपालिका- १ मा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका १ निबासी ५६ वर्षिय गौरी शंकर यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
आफ्नै खेतमा मोटरबाट पानी तान्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागि बेहोस भएका यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक यादवको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा पठाएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया