चन्द समूहका नेता चैतन्यद्वारा आत्मसमर्पण

काठमाडौं । नेत्रविक्रम चन्द समूहका बागलुङका जिल्ला सदस्य केशव निउरे ‘चैतन्य’ले आत्मसमर्पण गरेका छन् । जिल्ला प्रशाशनको आदेशमा रिहा भएलगत्तै उनले आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङबाट साधारण तारेखमा छुटेलगत्तै निउरेले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र सुरक्षा निकायसलगायतको उपस्थितिमा पार्टी परित्यागको घोषणासहित आत्मसमर्पण गरेका हुन् ।

ताराखोला गाउँपालिका–५ का निउरेलाई प्रहरीले यही भदौ ११ गते उनकै घरबाट पक्राउ गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?