काठमाडौं – केहि दिनदेखि घटिरहेको सुनको बजार मूल्य आइतबार पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुन तोलाको ३ सय रुपैयाँ सस्तिएर प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेको हो ।
तेजाबी सुनको मूल्यमा पनि ३ सय रुपैयाँ घटेको छ । यससँगै तोलाको ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यस्तै शुक्रबार चाँदीको मूल्य १० रुपैयाँले बढेको थियो । चाँदी तोलाको १३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया