काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था झनै बिग्रिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनी यस समय फोक्सोको इन्फेक्शनका कारण सेप्टिक शकमा रहेका छन् ।
उनको स्वास्थ्यबारे निगरानी भईरहे पनि अवस्था नाजुक बनेको आर्मी अस्पतालले जनाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनी डीप कोमामा भेन्टिलेटरको सपोर्टमा रहेका छन् ।
उनलाई १० अगस्टमा दिल्लीको आर्मी रिसर्च एण्ड रेफरल अस्पतालमा भर्ना भएका थिए । उनलाई १० तारिखमा नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया