काठमाडौं । नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको छ । त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु भएकामध्ये ४ जना महिला र ८ जना पुरुष रहेका छन् ।
मृत्यु हुने महिलाहरुमा मोरङका ५६ र ६५ वर्षीया दुइ महिला, भक्तपुरकी ६४ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिला रहेका छन् । त्यस्तै मृत्यु हुने पुरुषहरुमा उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको छ । हालसम्म २० हजार २ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै उच्च हो । जसमध्ये काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया