नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? यस्तो छ पछिल्लो समग्र विवरण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । हालसम्म कुल संक्रमितमध्ये ५६ प्रतिशत अर्थात २० हजार ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप ५ सय ६९ जना कोरोना मुक्त भइ घर फर्किएका हुन् ।

नेपालमा कोरोनाको कारण हालसम्म १ सय ८३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र थप ८ जनाको कोरोनाको कारण ज्यान गएको हो । जुन कुल संक्रमित मध्ये ० दशमलव ५२ प्रतिशत हो ।

त्यस्तै नेपालमा हाल ९ हजार ४ सय ८८ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७२ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण गरिएसँगै हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

कुन जिल्लामा र प्रदेशमा कति थपिए कोरोना संक्रमित ?

कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ८३ पुग्यो

नेपालमा कोरोनाको कारण थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् ।

प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, कास्कीकी ३२ वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला र बाँकेकी ७० वर्षीया महिला रहेकी छिन् । त्यस्तै काठमाडौंका ४८ वर्षीया पुरुष, पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । जुन कुल संक्रमितको ० दशमलव ५२ प्रतिशत हो ।

काठमाडौं उपत्यकामा थपिए हालसम्मकै धेरै कोरोना संक्रमित

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उत्त हो ।

जसअनुसार काठमाडौंमा २ सय ७० जना, भक्तपुरमा ४१ र ललितपुरमा ६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । हिजो मात्र उपत्यकामा ३ सय १ जनामा कोरोना पुष्टि भएको थियो ।

यस्तो छ क्वारेन्टाइनमा बस्ने र डिस्चार्ज हुनेको प्रादेशीक विवरण

नेपालमा हाल ९ हजार ४ सय ४८ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो समय नेपालमा क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । हाल क्वारेन्टाइनमा रहेका मध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ३ हजार ३६ जना र सबैभन्दा कम ५ सय १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा हालसम्म २० हजार ७३ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र ५ सय ६९ जना कोरोना मुक्त भइ घर फर्किएका हुन् । कुल संक्रमितमध्ये ५६ प्रतिशत कोरोना मुक्त भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

काठमाडौंसहित यी ९ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

नेपालका ९ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

  • पर्सा
  • महोत्तरी
  • रौतहट
  • काठमाडौं
  • मोरङ
  • बारा
  • सर्लाही
  • धनुषा
  • ललितपुर

हाल एक जना पनि कोरोना संक्रमित नभएका यी २ जिल्ला

नेपालको ७७ जिल्लामध्ये हाल २ जिल्लामा कोरोना संक्रमित छैनन् ।

  • मुस्ताङ
  • हुम्ला

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?