काठमाडौं । नेपालमा आज (बिहीवार) थप ७०७ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १ सय २६ जनाको मृत्यु भएको छ । आज काठमाडौं, मकवानपुर, सप्तरी र पर्सामा गरी थप ६ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कुल संक्रमितमध्ये ६१ प्रतिशत कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ पुगेको छ ।
नेपालमा हिजो (बुधवार) ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बितेको २४ घण्टामा नेपालमा ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ । भने आजसम्म ५ लाख ६६ हजार २ सय २० जनाको पीसीआर परीक्षण भएका छन् । नेपालमा हाल ११ हजार ७ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
प्रदेश १
उदयपुरमा ४ जना, झापामा १ जना, तेरथुममा ९ जना, धनकुटामा १ जना, मोरङमा ९ जना र सुनसरीमा १३ जना
प्रदेश २
धनुषामा ३१ जना, पर्सामा ५५ जना, बारामा ८ जना, महोत्तरीमा १५ जना, रौतहटमा ६ जना, सप्तरीमा १९ जना, सर्लाहीमा ९३ जना र सिरहामा २१ जना
बाग्मती प्रदेश
काठमाडौंमा १७४ जना, काभे्रपालन्चोकमा १ जना, चितवनमा १ जना, दोलखामा २ जना, धादिङ्मा २ जना, नुवाकोटमा ३ जना, भक्तपुरमा ८ जना, मकवानपुरमा २५ जना, ललितपुरमा १८ जना, सिन्धुपलाचोकमा १ जना र सिन्धुलीमा १ जना
गण्डकी प्रदेश
कास्कीका १९ जना, गोरखामा १ जना, तनहुँमा २ जना, नवलपरासीपूर्व ३ जना, बाग्लुङमा ८ जना, स्याङजामा १ जना, कपिलवस्तुमा ३० जना र गुल्मीमा ३ जना
प्रदेश ५
दाङमा ४ जना, प्यूठानमा १ जना, बर्दियामा २ जना, बाँकेमा १६ जना, रुपन्देहीमा १८ र रोल्पामा १ जना
कर्णाली प्रदेश
कालीकोटमा १ जना, जाजरकोटमा १ जना, दैलेखमा १९ जना, रुकुम पश्चिममा १ जना, सल्यानमा १ जना र सुर्खेतमा १ जना
सुदुरपश्चिम प्रदेश
अछाममा ३१ जना, कैलालीमा १ जना, डडेल्धुरामा २ जना, डोटीमा १६ जना, दार्चुलामा १ जना, बझाङमा १ जना र बैतडीमा १ जना
नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १२६ पुग्यो
नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।
बितेको २४ घण्टामा कोरोनाको कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मृत्यु हुनेमा काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष र पर्साका १ महिला र २ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
उपत्यकामा एकैपटक थपिए २ सय संक्रमित
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा १ सय ७४, भक्तपुरमा ८ जना र ललितपुरमा १८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
काठमाडौं उपत्यकाका ३ जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । हिजो काठमाडौंमा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? (पछिल्लो विवरणसहित)
नेपालमा बितेको २४ घण्टामा थप २ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १७ हजार ९ सय ६४ जना रहेका छन् ।
कुल संक्रमित मध्ये ६१ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ११४४ जना
प्रदेश २ मा ३८७७ जना
वाग्मती प्रदेश ७२४ जना
गण्डकी प्रदेशमा १५७५ जना
प्रदेश ५ मा ४३२८ जना
कर्णाली प्रदेशमा १९७० जना
सुदूरपश्चिम प्रदेशमा ४३४६ जना
एक जना पनि कोरोना संक्रमत नभएका यी ४ जिल्ला
नेपालको ७७ जिल्लामध्ये हाल ४ जिल्लामा कोरोना संक्रमित छैनन् । ४ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
- भोजपुर
- मनाङ
- मुस्ताङ
- हुम्ला
- काठमाडौं
- मोरङ
- पर्सा
- रौतहट
- महोत्तरी
- सर्लाही
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया